राजनीति


प्रधानसेनापति सिग्देलले गरे मध्यपश्चिम र पश्चिम पृतनाको निरीक्षण

प्रधानसेनापति सिग्देलले गरे मध्यपश्चिम र पश्चिम पृतनाको निरीक्षण

नेपालखबर
फागुन ११, २०८२ सोमबार १५:९, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचनको पुर्वसन्ध्यामा दुई पृतना र मातहतका सुरक्षा वेशहरुको निरीक्षण गरेका छन्।

बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरुको निरीक्षण भ्रमण गरेका हुन्। 

निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी दिएका थिए।

निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्ने क्रममा प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad