नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा कसैलाई बुथ कब्जा गर्न नदिइने बताएका छन्।
सोमबार झापाको दकममा कोशीको नेशनल भोलिन्टियर्स फोर्सको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जा गर्न नदिइने बताएका हुन्। ‘कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन,’ ओलीले भने, ‘कसैले बुथ कब्जा गर्न पाउने पनि छैन।’
त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको उनको भनाइ थियो। उनले हरेक बुटमा भोलिन्टियर्स राख्ने बताए। उनले देशभरका हरेक बुथमा कम्तिमा ३० जना राख्न निर्देशन दिएका छन्।
प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उनको भनाइ थियो।
228
Shares

प्रतिक्रिया