कोशी


बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता

बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता

नेपालखबर
फागुन ११, २०८२ सोमबार ९:५१, काठमाडौँ

झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'ले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गरेका छन्। 

जसमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन्।  

हेर्नुहोस्:

मेरो प्रतिबद्धता
-‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२ : थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्नेछु।

-नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्‍याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु।

-राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन ।

-सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु।

-विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।

- झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।

-राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु ।

-मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु ।

-मेरो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुनेछ।

हेर्नुहोस् वाचापत्रको पूरा पाठ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad