राजनीति


लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश

लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश

नेपालखबर
फागुन १०, २०८२ आइतबार १८:५४, काठमाडौँ

भ्रष्टाचार आरोपमा नेपाली कम्युनिष्ट पार्टीकी नेत्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। 

पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुद्दा दर्ता भएपछि श्रेष्ठ आइतबार विशेष अदालतमा उपस्थित भएकी थिइन्।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले ५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो। 

कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो। मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ। 

अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई राजीनामा दिन भनेका थिए। गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

यो मुद्दामा गुप्तासँगै पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

यस्तै कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, कास्कीको हेम्जाका सुजनकुमार तामाङ, स्याङ्जाका यामकुमारी गुरुङ, रोल्पाका तुल्सीराम बुढा मगर र कास्कीका खेमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ।

श्रेष्ठलाई नेकपाले आगामी निर्वाचनमा समानुपातिकतर्फ सूचीमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad