राजनीति


देश लुट्नेहरूलाई भाग्नु पर्ने ठाउँमा पुर्‍यायौँ: रवि लामिछाने

देश लुट्नेहरूलाई भाग्नु पर्ने ठाउँमा पुर्‍यायौँ: रवि लामिछाने

नेपालखबर
फागुन ९, २०८२ शनिबार १४:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको टिप्पणी गरेका छन्। 

शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले पछिल्लो तीन वर्षमा रास्वपाले धेरै ठूलो सफलता पाएको उल्लेख गरे। ‘तीन वर्ष मेहनत गरेर हामीले आफ्नो भाग्य, भविष्य लेख्न सक्ने ठाउँ ल्याउन सानो सफलता, सानो खुट्किलो होइन,’ लामिछानेले भने। 

यो अवधिमा दुःख पनि पाएको उनको भनाइ थियो। ‘यसबीचमा के के भए, मैले भन्नु पर्दैन। दुःख मैले पाए पनि आँखा तपाईका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागेको भए पनि दुखेको तपाईलाई छ,’ उनले मतदातासँग भने। 

भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो। ‘त्यति दुख्नै पर्थ्यो मलाई, त्यति दुःख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइदैनथ्यो। जलेका पैसामा भाग खोजिन्थ्यो होला। भाग खोजेनौं,’ लामिछानेले भने। 

यो बीचमा दुःख पाए पनि देश लुट्नेहरूलाई भाग्ने ठाउँमा पुर्‍याएको उनको जिकिर थियो। जेनजी आन्दोलनमा ठूला दलका नेता भाग्नु परेको इंगित गर्दै लामिछानेले भने, ‘देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ।’

रास्वपाको उदयले चितवनलाई संसारले चिन्ने अवस्था आएको उनको दाबी थियो। ‘पछिल्लो परिवर्तनको जन्मभूमिका रुपमा चितवनलाई विश्वले हेरेको छ। चितवन देवभूमि थियो, तपोभूमि थियो अब नेपाली राजनीतिको शान्त विद्रोह गर्ने उर्वर भूमि रुपमा पनि अब चिनिनेछ,’ लामिछानेले भने। 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा चुनावी सभापछि लामिछाने चितवन फर्किएका हुन्। उनी शनिबार बिहानैदेखि घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad