राजनीति


विगतका त्रुटि सच्याउँछौँ, गठबन्धन गर्दैनौँ: गगन थापा

विगतका त्रुटि सच्याउँछौँ, गठबन्धन गर्दैनौँ: गगन थापा

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:३४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताए। 

कांग्रेसको प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका वेला भएका कमी कमजोरी र राजकाज गर्ने वेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।

‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ’, थापाले भने, ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ।’

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेको उनको भनाइ थियो। त्यसैले यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने थापाले बताए। 

‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन, हुन दिदैनौँ। यो बदलिएको कांग्रेसको संकल्प हो’, थापाले भने। 

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad