राजनीति


राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्: ओली

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्: ओली

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १३:२५, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ भनेका छन्। 

बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ घटना अप्रत्यासित नभएको जिकिर गरे। ‘भदौ २४ को महाविनास अप्रत्यासित घटना होइन,’ ओलीले भने। 

उनले भदौ २४ गतेको आगजानी तथा तोडफोडलाई राष्ट्रविरुद्धको अपराध भनेका छन्। त्यसमा संलग्न व्यक्ति अहिले नयाँ शक्तिको नाम दिएर आइरहेको उनको आरोप छ। 

‘राष्ट्रका विरुद्धको महाअपराध छोप्न केहीले नयाँ शक्तिको मुखुण्डो लगाएका छन्। तिनलाई चिन्न ढिलो गर्न हुँदैन,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad