राजनीति


चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिऔँ: विश्वप्रकाश शर्मा

चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिऔँ: विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन ४, २०८२ सोमबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्। 

सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले जे पनि आश्वासन दिँदा भोलि समाजमा निराशा फैलिने जिकिर गरे।

‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौँ। स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न,’ शर्माले भने, ‘चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरूमार्फत नगरौँ।’

उनले देशमा चाहिने सुधारबारे कांग्रेसले योजना बनाएको बताए। जेनजीको भावना देशलाई अगाडि बढाउन कांग्रेस तयार रहेको उनको भनाइ थियो। 

‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले। जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार , परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ,’ शर्माले भने, ‘देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ, जो बदलिन सक्छ उसैले बदल्न सक्छ।’

कांग्रेस बदलिएको उनको जिकिर थियो। कोही पनि आजीवन सत्तामा बसिराख्ने बाटो बन्द गरिएको उनको भनाइ थियो। 

‘बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ। कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २,३ र ४ को नीति संविधानमा अंकित गर्नेछौं,’ उनले भने, ‘अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन्।’

उनले लमजुङको कांग्रस जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। त्यस्तै, बीपी कोइरालाको सालिक अनावरण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad