राजनीति


रास्वपाले फागुन ७ मा चुनावी घोषणापत्र ल्याउने

रास्वपाले फागुन ७ मा चुनावी घोषणापत्र ल्याउने

नेपालखबर
फागुन ३, २०८२ आइतबार १५:४०, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते घोषणापत्र ल्याउने भएको छ। 

रास्वपाले चुनावी घोषणापत्रलाई जनतासँग प्रतिज्ञाको करारपत्र भनेको छ। रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत फागुन ७ गते चुनावी करारपत्र सार्वजनिक गर्ने जनाएका छन्। 

उनले पूरा नहुने बाचा नगरी जनतासँग प्रतिज्ञाको करार गर्ने बताएका छन्। ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्‍यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,’ लामिछानेले भनेका छन्। 

चुनावी करारपत्र फागुन ७ गते कर्णाली प्रदेशमा कार्यक्रम गरी सार्वजनिक गर्ने उनले जनाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad