राजनीति


नेकपाले भन्यो : भारतद्वारा नेपाली भूमिमा सडक निर्माण निन्दनीय

नेकपाले भन्यो : भारतद्वारा नेपाली भूमिमा सडक निर्माण निन्दनीय

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १७:०,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ।

‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसाे गरिनु निन्दनीय छ,’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा शनिबार संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ।

‘भारतको यो एकपक्षीय कदम सीमासम्बन्धी समस्यालाई दुवै तर्फका सरकारको उच्चतम तहमा भएका सहमतिबमोजिम दुई देशद्वारा स्थापित संयन्त्र हरुमार्फत् समाधान गर्नका लागि नेपालको तर्फबाट पटक पटक गरिएका अनुरोधकाे विपरित छ,’ नेकपा अध्यक्षद्वयले भनेका छन्, ‘दुई पक्षबीच भएका समझदारीका आधारमा कुटनीतिक माध्यमबाट सीमासम्बन्धी विषयहरु सुल्झाउनका लागि आवश्यक पहल गर्न नेपाल र भारतका सरकारलाई नेकपा आग्रह गर्दछ।’

नेकपाले सुगौली सन्धी (१८१६) बमोजिम नेपाल सरकारले काली (महाकाली) नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमि नेपालको भएको बताएको छ।

याे पनि: नेपालले भन्यो: लिपुलेकमा भारतले द्विपक्षीय सहमति तोड्यो, यस्ता गतिबिधि रोकोस्

शनिबार अपरान्ह परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा सो सडक निर्माण गरेर नेपालसँग भएका सहमतिहरुको उल्लंघन गरेको बताएको थियो।

त्यसको केहि घण्टापछि भारतको विदेश मन्त्रालयले भारतले बनाएको सडक भारतीय भूमिमै पर्ने दाबी गरेको छ।

याे पनि:
सडक आफ्नै भूमिमा बनाएको भारतको दाबी
दोक्लम र लिपुलेकमा दिल्लीको दोहोरो चरित्र, नेपाली भूभागमा भारतले बनायो सडक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad