भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ।
शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो।
‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो सडकले कैलाश मानसरोवर यात्रामा जाँदा तिर्थयात्रीले प्रयोग गर्ने गरेको पूर्ववत् कायम रहेको रुटकै आधारमा बनाइएको हुँदा त्यो भारतीय भूमीमैं पर्ने तर्क भारतले गरेको छ।
याे पनि: नेपालले भन्यो: लिपुलेकमा भारतले द्विपक्षीय सहमति तोड्यो, यस्ता गतिबिधि रोकोस्
त्यसैलाई अहिले तिर्थयात्रीको सहजताका लागि गाडी चलाउन मिल्ने मात्र बनाईएको जिकिर भारतीय पक्षले गरेको छ।
नेपाल र भारतले सीमासम्बन्धी विषयहरुलाई सल्टाउनकाा लागि संयन्त्र तयार गरेको बताउँदै, थाँती रहेका विषयलाई कुटनीतिक वार्ताबाटै सुल्झाउन भारत प्रतिबद्ध रहेको बताएको छ।
दुवै पक्ष सचिवस्तरीय वार्ताको मिति तय गर्ने प्रक्रियामै रहेको बताउँदै भारतको विदेश मन्त्रालयले जारी कोभिड–१९ को समस्या समाधान भएपछि सो मिति तय गरी बैठक बस्ने बताएको छ।
याे पनि:
दोक्लम र लिपुलेकमा दिल्लीको दोहोरो चरित्र, नेपाली भूभागमा भारतले बनायो सडक

प्रतिक्रिया