कोरोना संक्रमण नियन्त्रणका लागि चीनले नेपाललाई दिएको सहयोग अन्तर्गत स्वास्थ्य सामग्रीको पहिलो खेप शनिबार बिहान काठमाडौं आइपुगेको छ।
हिमालय एयरलाइन्सको न्यारो बडी जहाजले चीनको छोङछिङबाट चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको हो।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई गर्ने स्वास्थ्य सामग्री सहयोगको यो् पहिलो खेप भएको बताइन। पहिलो खेपमा छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

Shares

प्रतिक्रिया