प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन्।
पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै शुक्रबार कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्की निर्वाचन तयारीबारे बुझ्न पूर्वी नेपालको भ्रमणमा छिन्। बिहीबार हिमाली क्षेत्रको अवस्थाबारे जानकारी लिएकी थिइन्।
33
Shares

प्रतिक्रिया