नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनयुद्धमा सेल्टर बनाएर बसेको घरमा पुगेका छन्।
३१ औँ जनयुद्ध दिवसका अवसरमा प्रचण्ड शुक्रबार बिहान रुकुमपूर्वको भुमे गाँउपालिका-७ लावाङ पुगेका हुन्। प्रचण्ड आगामी प्रतिनिधिसभा निर्वाचनको लागि रुकुमपूर्वबाटै उम्मेदवार छन्।
शुक्रबार बिहान उनी तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको बेला सेल्टर लिएर बसेको घर र कोठामा पुगेर भावुक हुँदै जनयुद्धकालीन समयको स्मरण गरेका उनको सचिवालयले जनाएको छ।
जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार रुकुमपूर्वमा पुगेका थिए। आज उनले मत माग्दै लाबाङमा घरदैलो अभियानसमेत सुरु गरेका छन्।
त्यहीँबाट प्रचण्डले आज भुटेको मकै खाएर चुनावी अभियान सुरु गरेका छन्।
३१औँ जनयुद्ध दिवसका अवसरमा उनले शुक्रबार बिहान रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका थिए।
जनयुद्धको आधार इलाकाको रुपमा रहेको रुकुमपूर्वबाट सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्। प्रचण्डले मुलुकमा उत्पन्न भएको संकट समाधानको लागि सबैमा अपिल पनि गरेका छन्।
हेर्नुस् थप तस्बिर






Shares

प्रतिक्रिया