राजनीति


सडक यात्रापछि घरदैलोमा फर्किए बालेन

सडक यात्रापछि घरदैलोमा फर्किए बालेन

झापामा घरदैलो र मतदाता भेटघाट गर्दै बालेन्द्र शाह (बालेन)।


नेपालखबर
माघ २६, २०८२ सोमबार १३:१४, काठमाडौँ

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्तासँगै सातै प्रदेशका उम्मेदवारलाई भेट्न सडक यात्रामा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अहिले घरदैलो अभियानमा फर्किएका छन्। 

माघ ६ गते झापा-५ बाट उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी यात्रामा निस्केका थिए। केही दिन झापाकै विभिन्न क्षेत्रमा चुनावी यात्रा गरेका थिए। गाडीबाटै हात हल्लाउँदै हिडेका उनले रास्वपाका उम्मेदवारसँग मात्रै भेटघाट र कुराकानी गरेका थिए। 

एक साता पूर्वी नेपालमा बिताएका उनी त्यसपछि मधेसको यात्रा गरेका थिए। मधेसपछि सुदूरपश्चिम र कर्णालीको यात्रा गरेका उनले कतै पनि मतदातासँग संवाद गरेका थिएनन्। 

कर्णालीबाट फर्केपछि लुम्बिनी र गण्डकी प्रदेशमा पुगेका थिए। गण्डकीबाट बागमती फर्किँदा पनि मतादातासँग कुराकानी गरेको देखिएका थिएनन्। 

उनले सबै ठाउँमा रास्ववा उम्मेदवारसँग मात्रै छलफल गरेका थिए। उनीहरूसँग चुनावी रणनीतिबारे जानकारी लिएका थिए। 

अहिले भने उनी पहिलो जस्तो गाडीमा सडक यात्रा छोडेर घरदैलोमा लागेका छन्। दुई दिनदेखि झापा-५ मै घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्। 

सोमबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम चलिरहेको शाहको सचिवालयले जनाएको छ। उनले १५ ठाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। 

बिहानै कमल गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट गरेका छन्। सानो केर्खा चोकबाट सुरु भएको उनको घरदैलो सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ, संथाल बस्ती, ढ्यांग्री गाउँ पुगेको थियो। 

त्यस्तै, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कूल क्षेत्रमा घरदैलो गर्न लागेका छन्।

घरदैलो कार्यक्रममा पनि उनले प्रायः दोहोरो कुराकानी गरेका छैनन्। मतदातासँग हात मिलाउँदै उनीहरूकै कुरा सुनिरहेका छन्। कतैकतै मात्रै थोरै बोलेका छन्। 

अघिल्लो चरणको सडक यात्राका क्रममा मतदाता चिडाएको थिए। अहिले मतदाता रिझाउन घरदैलो र भेटघाट थालिएको जनाइएको छ। 

झापा-५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रसकी मंधरा चिमरिया, नेकपाका रञ्जिच तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलालगायत राजनीतिक दल र स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad