समाज


अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, तस्कर समूहको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते

अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, तस्कर समूहको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते

नेपालखबर
माघ २६, २०८२ सोमबार १३:१४, काठमाडौँ

माघ २६ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। 

सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए। तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षती पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad