ad ad

राजनीति


राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा संक्रमण पुष्टि, ट्रम्पलाई सुरक्षित राख्न हरेक उपायः ह्वाइट हाउस

राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा संक्रमण पुष्टि, ट्रम्पलाई सुरक्षित राख्न हरेक उपायः ह्वाइट हाउस

नेपालखबर
बैशाख २७, २०७७ शनिबार २:२७,

अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुवैका नजिकका मान्छेमा कोरोना संक्रमण देखिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी पनि संक्रमित देखिएकी हुन्।

योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहे/नरहेको निर्क्याेल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

राष्ट्रपतिलाई सुरक्षित राख्न हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन्। ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘लामो समयसम्मको परीक्षणमा उन (केटी) मा संक्रमण देखिएको थिएन। तर शुक्रबार अचनाक उनी संक्रमित रहेको पुष्टि भयो।’

अहिले विश्वमा कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका नै परेको छ। त्यहाँ अहिलेसम्म कोरोनाबाट ७७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .