ad ad

समाज


नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९: स्वास्थ्य मन्त्रालय

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९: स्वास्थ्य मन्त्रालय

नेपालखबर
बैशाख २७, २०७७ शनिबार २:४५,

नेपालमा थप ७ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) र कोसी अस्पताल (विराटनगर) का प्रयोगशालामा गरिएका परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

याेसँगै नेपालमा  संक्रमितकाे  संख्या १०९ पुगेकाे छ। तर तीमध्ये २८ जना सञ्चो भइसकेका छन्। यद्यपि फेरि तीन जनामा स्वास्थ्य समस्या देखिएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती थप ७  संक्रमितमा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष र वीरगन्ज छपकैयाका ६२ वर्षका पुरुष छन्।  हालसम्म सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ। 

हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति:

sbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .