पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा मतदाताहरूसँग भेटघाटमा व्यस्त छन्।
२०४८ सालदेखि झापाकै विभिन्न क्षेत्रबाट चुनाव लडिरहेका ओली २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा विजयी भएका छन्।
तर जेनजी आन्दोलनपछि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उनलाई झापा-५ मा काठमाडौँ महानगरपालिकाका पूर्वमेयरसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टक्कर दिँदै छन्।
यसपटक यस क्षेत्रमा उनीहरू दुई जनाबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
पार्टीका तर्फबाट सम्भावित प्रधानमन्त्रीका उम्मेदवारसमेत घोषित दुवैले मतदाता रिझाउने प्रयास गरिरहेका छन्।
यसै क्रममा एमाले अध्यक्ष ओलीले आज पनि मतदाताहरूसँग भेटघाटलाई निरन्तरता दिइरहेका छन्।
हेर्नुहोस् १० तस्बिर










Shares

प्रतिक्रिया