राजनीति


चुनावमा सहयोग लिन सकिन्छ, तोकेरै माग्न पाइँदैन: निर्वाचन आयोग

चुनावमा सहयोग लिन सकिन्छ, तोकेरै माग्न पाइँदैन: निर्वाचन आयोग

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई।


नेपालखबर
माघ २३, २०८२ शुक्रबार १७:५९, काठमाडौँ

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकबाट स्वेच्छिक सहयोग लिन पाउने भए पनि तोकेरै पैसा माग्न नपाइने जनाएको छ। 

शुक्रबार पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार-प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन्। उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने नपाउने उनको भनाइ छ। 

उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने बताए। 

‘निर्वाचनमा प्रचार प्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन्। निर्वाचन सहयोग लिने विषय छ। त्यसमा उम्मेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौँ भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ,’ उनले भने। 

‘निर्वाचन प्रचार प्रसारका लागि छुट्टै खाता खोलिएको कारणले त्यसमा कसैले दिएको सहयोग व्यक्तिगका लागि पैसा उठाएको छैन र दुरुपयोग हुँदैन भन्ने विश्वास गर्नुपर्छ। त्यसको दुरुपयोग गरेको खण्डमा त्यसको सम्बोधन हुने नै छ,’ उनले भने। 

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तिब्रता दिएको उनले बताए। हालसम्म ८४ लाख ४० हजार मतपत्र छपाई भइसकेको भट्टराईले जानकारी दिए। 

छपाई भएका मतपत्रमध्ये सात हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ। हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad