समाज


सशस्त्र र एसएसबीको समन्वय बैठकमा चुनावी सुरक्षाबारे छलफल

सशस्त्र र एसएसबीको समन्वय बैठकमा चुनावी सुरक्षाबारे छलफल

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १८:१५, काठमाडौँ

सशस्त्र प्रहरी बल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठक शुक्रबार विराटनगरको नेपालिरिका होटलमा सम्पन्न भएको छ। 

बैठकमा सशस्त्र र एसएसबीका वरिष्ठ अधिकृतको सहभागिता रहेको थियो।बैठकमा सीमा सुरक्षा, सूचनाको आदान-प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार-पसार नियन्त्रणका विषयमा छलफल भएको छ। 

त्यस्तै, सीमा स्तम्भको संरक्षण, नो-म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ।

यससँगै आगामी प्रतिनिधि सभा निर्वाचनका विषयमा पनि छलफल भएको छ। फागुन २१ गतेलाई लक्षित गरी सीमा ४८ घण्टा अगावै सिल गर्ने, संयुक्त गस्ती बढाउने तथा सुरक्षा संयन्त्र थप सुदृढ बनाउने निर्णय भएको छ। 

बैठकमा नेपालका तर्फबाट सशस्त्रका डीआईजी कुमार न्यौपाने र एसएसबीका तर्फबाट डीआईजी सरोजकुमार ठाकुरले सहकार्यबारे बोलेका थिए। बैठकमा शसस्त्र प्रहरी बल नेपालको तर्फबाट  शसस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनि कुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए भने एसएसबीको तर्फबाट मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिस कुमारको सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad