फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले आवश्यक मतदान सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ। कान्तिपथस्थित बहादुर भवनमा रहेको आयोगको मुख्यलयबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकाहरू पठाइएको छ।
आयोगका सह प्रवक्ता कुल जिसीका अनुसार, मतदानका लागि आवश्यक पर्ने मतपेटिका, रबर छाप, मसी र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू गाडीमा लोड गरी सम्बन्धित जिल्लाहरूमा पठाउन थालिएको हो। मतपेटिकाहरू कडा सुरक्षाका साथ ढुवानी गरिएको छ।

आयोग सह प्रवक्ताका अनुसार, दुर्गम जिल्लाहरूमा पहिले र सुगम जिल्लाहरूमा क्रमशः सामग्री पठाइनेछ। ललितपुर नजिकको जिल्ला भए तापनि स्थानीय व्यवस्थापन र कर्मचारी प्रशिक्षणका लागि सामग्री चाँडै पठाइएको हो।
132
Shares

प्रतिक्रिया