राजनीति


कांग्रेसमा गुटको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुटको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

नेपालखबर
माघ २१, २०८२ बुधबार १७:२, काठमाडौँ

नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन्। 

बुधबरा नवलपरासी पश्चिमको बर्दघाट-७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिएको बताए। नयाँ नेतृत्व आएसँगै गुटगत राजनीति अन्त्य भएको उनको दाबी थियो। 

कांग्रेस अहिले स्पष्ट विकास एजेन्डा बोकेर अघि बढिरहेको उनले बताए। स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सिर्जना गर्ने नै कांग्रेसको प्राथमिकतामा रहेको उनको भनाइ थियो। 

कार्यक्रममा चौधरीले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये ३० महिना मात्र काम गर्न पाएको सुनाए। ‘बाँकी काम पूरा गर्ने प्रतिबद्धता गर्दछु,’ उनले भने। चौधरी नवलपरासी-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर बनेका छन्। 

आफ्नो क्षेत्रमा सबैभन्दा ठूलो समस्या नागरिकताको रहेको सुनाउँदै पछिल्लो २० महिनामा समाधान गरेको उनको भनाइ थियो। भूमि सम्बन्धी कामहरू पनि अगाडि बढिरहेको बताउँदै विकास निर्माणलाई गति दिन आफूलाई साथ दिन चौधरीले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad