राजनीति


एमालेको चुनाव चिह्न नै परिवर्तन भएको झुटो प्रचार भइरहेको छ: शाही

एमालेको चुनाव चिह्न नै परिवर्तन भएको झुटो प्रचार भइरहेको छ: शाही

नेपालखबर
माघ २१, २०८२ बुधबार १४:५४, काठमाडौँ

नेकपा एमालेले पार्टीको चुनाव चिह्न परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रसारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

पार्टीले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो।

पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले भने, ‘पार्टीको चुनाव चिह्न परिवर्तनलगायतका भ्रामक समाचार सामग्री तयार पारी प्रसारण गरी कलाकारलगायत जोसुकैलाई पनि कानुनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ। नेकपा एमालेको चुनाव चिह्न सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रीप्रति हामी घोर आपत्ति जनाउन चाहन्छौँ।’

उनले अगाडि भने, ‘पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लंघन हुनेगरी सामाजिक सञ्जालमा प्रयोग गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै कडा शब्दमा भर्त्सना एवं निन्दा गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad