पूर्व प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
यसअघि सोहि जिल्ला प्रहरी परिसरमा नवगठित समाजवादी पार्टीका नेताहरुसहित सांसद यादव उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न जाँदा दर्ता गरिएको थिएन।
शुक्रबार सरकारी वकिल कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
‘सरकारी वकिल कार्यालयबाट समेत पत्र प्राप्त भएको हुँदा सो मुद्दा दर्ता गरी त्यसबारे अनुसन्धान गर्नका लागि काठमाडौं र महोत्तरीबाट छुट्टाछुट्टै टोली समेत खटाइसकिएको छ,’ एक प्रहरी अधिकारीले बताए।
प्रहरीले जाहेरी नलिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुरेन्द्र यादव
आफ्ना सांसदलाई पूर्व प्रहरीप्रमुख र सत्तारुढ दलका सांसदले अपहरण गरेको आरोपमा उजुरी दर्ता गर्न पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई वैशाख १६ गते सरकारी वकिलको कार्यालयले दर्ता नगरी फिर्ता पठाएको थियो।
त्यहाँ पनि दर्ता नभएपछि जनता समाजवादीका नेता राजेन्द्र महतो लगायतले त्यसको विरोध गरेका थिए।
त्यसअघि वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरु सो जाहेरी दर्ता गर्न काठमाडौं सरकारी वकिलको कार्यालय पुगेका थिए।
सरकारी वकिलको कार्यालयमा जनता समाजवादीका नेताहरु।
याे पनि: सांसद अपहरण आरोप : पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी
सरकारी वकिल कार्यालयले पनि दर्ता गरेन सांसद अपहरण आरोपको जाहेरी
Shares

प्रतिक्रिया