राजनीति


जापानमा राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

जापानमा राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

नेपालखबर
माघ २०, २०८२ मंगलबार १९:३३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार जापानमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुगेका थिए। 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा गएका हुन्। 

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग मंगलबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad