ad ad

राजनीति


बजेट अधिवेशन पहिले राष्ट्रपति र सभामुखबीच भेटवार्ता

बजेट अधिवेशन पहिले राष्ट्रपति र सभामुखबीच भेटवार्ता

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ९:५,

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शीतलनिवासमा भेटवार्ता भएको छ।

शुक्रबार ४ बजेबाट सुरु हुने संसदको बजेट अधिवेशबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीलाई भेटन सभामुख सापकोटा शीतलनिवास पुगेका हुन्।

‘आज अपरान्ह् चार बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरुबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफल भएको हो’, संसद सचिवालयले दिएको जानकारीमा उल्लेख छ।

सभामुखज्यूले राष्ट्रपतिज्यूलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल गरेको बताइउको छ।

सो अवसरमा सभामुख सापकोटाले राष्ट्रपति भण्डाीलाई कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .