ad ad

राजनीति


संसदमा बिहीबार परीक्षण गरिएका सांसदलगायत ४४१ मा देखिएन कोरोना

संसदमा बिहीबार परीक्षण गरिएका सांसदलगायत ४४१ मा देखिएन कोरोना

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ६:५२,

संघीय संसदका सांसद र त्यहाँका कर्मचारीहरुमध्ये विहिबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

उनीहरुको रिपोर्ट शुक्रबार मध्यान्ह आएको हो ।

१७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्टिय सभा सदस्य र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ ।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाकाे स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै गरिएकाे थियाे। 

शुक्रबार  राष्ट्रिय प्रयाेगशाला टेकु पठाइएकाहरुको साँझसम्म रिपोर्ट आइपुग्नेछ ।

शुक्रबार अपरान्हदेखि संसदको बजेट अधिवेशन सुरु हुन लागेको हुँदा त्यसअघि सांसदहरुको कोरोना परीक्षण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .