ad ad

समाज


रविभवनमा कारसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

रविभवनमा कारसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ७:३,

काठमाडौंको कलंकीनजिकै रविभवनमा आज (शुक्रबार) बिहान कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा २१ च ४३४६ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

car22

दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारी घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हाे।  प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा कलंकीस्थित नेपाल नेसनल अस्पतालमा मृत्यु भएको हाे। 

कार चालक कलंकी निवासी ३९ वर्षीय शिखर जबरा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको प्रहरीले जानकारी दिएकाे छ। उनी सैनिक मुख्यालमा कार्यरत कर्णेल हुन्। उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

car1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .