सुदूरपश्चिमको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दार्चुला पुगेका छन्।
बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका शाहले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनले चुनावी तयारीका विषयमा दार्चुलाका रास्वपा उम्मेदवार राजेशसिंह सामन्तसँग छलफल गरेका छन्।
उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो। वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए।
उनी तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतिर लागेका थिए। बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए।
मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए। आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन्।






174
Shares

प्रतिक्रिया