नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी निर्वाचनबाट बहुमत ल्याएर समाजवादको आधार तयार पार्र्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका नेताहरूसँगको समायोजन कार्यक्रममा बोल्दै गौतमले आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याउने दाबी गरेका हुन्। बहुमत ल्याएपछि समाजवादको आधार तयार पार्ने उनको भनाइ थियो।
‘हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ। बहुमत हासिल गर्नसाथ समाजवादको आधार कसरी सिर्जना हुनेछ भन्ने हामीले गरेर देखाईदिनेछौँ,’ गौतमले भने।
चुनावपछि बन्ने नेकपाको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी काम गर्ने उनको भनाइ थियो। ‘कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य हुनेछ। सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाईदिनेछौँ। त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ,’ उनले भने।
उन हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिबीचको एकता अभियानलाई आफूहरूले अघि बढाएको उनले बताए।
‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ,’ उनले भने।
Shares

प्रतिक्रिया