राजनीति


बालेन भोलि डडेल्धुरा हुँदै दार्चुला पुग्ने

बालेन भोलि डडेल्धुरा हुँदै दार्चुला पुग्ने

नेपालखबर
माघ १३, २०८२ मंगलबार १९:२५, काठमाडौँ

पश्चिम नेपालको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार डडेल्धुरा हुँदै दार्चुला पुग्ने भएका छन्। 

बालेन बुधबार बिहान साढे ९ बजे डडेल्धुरा पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। डडेल्धुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखिएको छ। 

त्यसपछि उनी बैतडीतिर लाग्ने भएका छन्। दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा भेटघाटको कार्यक्रम तय गरिएको छ। 

बुधबार अपराह्न दार्चुला पुग्ने भएका छन्। अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

उनी मंगलबार बिहान बर्दियाबाट सुदूरपश्चिम पुगेका थिए। उनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad