राजनीति


घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड

घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड

नेपालखबर
माघ १३, २०८२ मंगलबार १५:३०, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्। 

मंगलबार काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरूसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम सिर्जना गरिएको बताए। पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको वेलामा सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाए। 

‘अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ,’ प्रचण्डले भने, ‘यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ।’

घण्टी बजाएर मात्रै मुलुकमा केही नहुने उनको भनाइ थियो। रास्वपासँग विचार र सिद्धान्त नभएको जिकिर गर्दै प्रचण्डले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन।’ 

उनले सबै वामपन्थी शक्तिलाई एकतावद्ध भएर अघि बढन आह्वान गरे। सबै वामपन्थी शक्ति एकतावद्ध भएर अघि बढे मात्रै मुलुक र जनताको हित हुने उनको भनाइ थियो। 

‘सबै युवा र पुराना कमरेडहरूले पनि सोच्नुहोस्, हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौँ, समाजवादी भवन। त्यसले मात्रै देश र जनताको सेवा गर्छ,’ उनले भने। 

उनले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad