जेनजी आन्दोलनकी एकजना अगुवा रक्षा बमले जनताप्रति जबाफदेही बनेर तुरुन्तै घोषणा पत्र सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत् उनले मतदाताले घोषणापत्र पढेर मात्रै मतदान गर्ने भएकाले जनताको सामु जवाफदेही बनेर आफ्नो घोषणापत्र /वाचापत्र सार्वजनिक गर्न उम्मेदवार र दलहरूलाई आग्रह गरेकी हुन्।
‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौँ। संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंले बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले तपाईंलाई मत दिने हुन्,’ बमले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आजको “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने तपाईंका योजनाहरू के–कस्ता छन्? जनताप्रतिको आफ्नो उत्तरदायित्व तपाईं कसरी बहन गर्नुहुन्छ? यसअघिको चुनावमा तपाईंले गरेका घोषणारवाचा कति र कसरी पूरा गर्नुभएको छ? यसपटकका नयाँ घोषणा/वाचा कस्ता हुनेछन्? यी सबै कुरा हेरेर, बुझेर मात्रै जनताले तपाईंलाई मतदान गर्ने हुन्।’

Shares

प्रतिक्रिया