काठमाडौँस्थित भारतीय दूतावासले भारतको ७७औँ गणतन्त्र दिवस मनाएको छ।
नेपालमा रहेका भारतीय समूदाय र भारतका मित्रहरूको सहभागितामा भारतको ७७औँ गणतन्त्र दिवस मनाइएको दूतावासले जनाएको छ।
सो अवसरमा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए।
कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिलाई समेटिएको एउटा भिडिओ प्रस्तुत गरिएको थियो।
यस्तै, आईसीसीआर नेपालका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।






21
Shares

प्रतिक्रिया