आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्रै मतदान हुने भएको छ।
नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मात्रै मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए।
लामा गुरुहरूलाई अगाडि राखेर चिठ्ठा थुते, टेकबहादुरलाई परेपछि पोल्देनले उम्मेदवारी फिर्ता लिए
‘निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो’, उनले भने।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन्।
देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया