राजनीति


राष्ट्रिय मुक्ति पार्टीका सचिवसहित १३ केन्द्रीय नेताले छोडे राजेन्द्र महतोको साथ

राष्ट्रिय मुक्ति पार्टीका सचिवसहित १३ केन्द्रीय नेताले छोडे राजेन्द्र महतोको साथ

नेपालखबर
माघ ११, २०८२ आइतबार २२:८, काठमाडौँ

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय कुमार चौधरीसहित १३ नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। 

यस्तै, धनुषा जिल्ला कार्यसमितिका ९ जनाले पनि पार्टी छोडेका छन्।

संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले नयाँ यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएका छन् । 

राजीनामा घोषणा गर्नेहरूमा केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा केन्द्रीय सदस्य संजय कुमार सिंह, केन्द्रीय सदस्यहरू विजय कुमार राय, अशोक ठाकुर, रामचन्द्र साह, नितु यादव पासवान, संजय गडिया, राष्ट्रिय परिषद् सदस्यहरु राजु चौधरी, राजाराम कापर, विजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव, गुलो देवी पासमान र सरगुन पासमान रहेका छन्। 

धनुषा कार्यसमितिका उपाध्यक्ष शंकरकुमार पासवान, विरेन्द्र पासवान, सचिव जीवनकुमार यादव, सहसचिव धन्जित मण्डल, सदस्यहरु प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, युवा नेता मुकेश कुमार गडेरी, अजय कापर सहितकाले राजीनामा दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad