राजनीति


जनार्दन शर्माको क्षेत्रमा प्रलोपा र एमालेबीच तालमेल गर्ने सहमति

जनार्दन शर्माको क्षेत्रमा प्रलोपा र एमालेबीच तालमेल गर्ने सहमति

नेपालखबर
माघ ११, २०८२ आइतबार १६:२४, काठमाडौँ

रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्न नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहमत भएका छन्। 

आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार संदीप पुनलाई सघाउने भएका छन्। 

यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लामा प्रलोपाले एमालेलाई सघाउने भएको छ। पुरानो राप्ती अञ्चल अन्तर्गतका जिल्लामा पनि एमालेलाई सघाउन प्रलोपा तयार भएको छ। 

यो सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad