राजनीति


जेनजी सहिद परिवारको भावना बुझेको छु, मन्त्रीको हैसियतले काम गरेको छु : घिसिङ

जेनजी सहिद परिवारको भावना बुझेको छु, मन्त्रीको हैसियतले काम गरेको छु : घिसिङ

नेपालखबर
माघ १०, २०८२ शनिबार १९:३४, काठमाडौँ

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिदको भावना र चाहनाअनुसार आफूले काम गर्दै आएको र आगामी दिनमा पनि सोही मार्गलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले मन्त्री रहँदा पनि जेनजीको भावना केन्द्रमा राखेर काम गरेको उल्लेख गरे। उनले जेनजी सहिदको अन्त्येष्टि प्रक्रियादेखि उपचाररत घाइतेहरूको अवस्थासम्म प्रत्यक्ष रूपमा सहभागी भई जानकारी लिएको बताउँदै यस विषयमा आफू गहिरो रूपमा जानकार रहेको स्पष्ट पारे।

जेनजीको बलिदान खेर जान नदिने उद्देश्यले उज्यालो पार्टी नेपाल दर्ता गरी आगामी निर्वाचनमा सहभागी भएको उनको भनाइ थियो। सहिद परिवारको पीडा आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै उनले भावनालाई बुझेर काम गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए।

‘सहिद परिवारको भावना मैले बुझेको छु। आर्यघाटसम्म पुगेको छु, त्यहाँको दृश्यले निकै पीडा दिएको थियो। मन्त्रीको हैसियतले सकेसम्म काम गरेको छु,’ उनले भने, ‘जेनजी सहिदको सम्झनामा स्ट्याच्यु र जेनजी पार्क निर्माणमा केही समय लागेको हो, अब आउने सरकारले त्यसलाई निरन्तरता दिनेछ।’

अध्यक्ष घिसिङले आगामी सरकारको नेतृत्वमा पुग्न संसदमा उपस्थित हुनका लागि पार्टी दर्ता गरिएको स्पष्ट पार्दै सहिदहरूको सपना पूरा गर्न राजनीतिक क्षेत्रमा प्रवेश गरेको बताए। सहिद परिवार र आम नेपाली जनताको साथ र सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad