राजनीति


अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, अहिले मात्रै आँट गरेको हुँ : गगन थापा

अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, अहिले मात्रै आँट गरेको हुँ : गगन थापा

नेपालखबर
माघ १०, २०८२ शनिबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ छाडेर सर्लाही-४ बाट उम्मेदवारी दिने निर्णय आफूले सोचविचार गरेर गरेको बताएका छन्।

यसअघि तीन पटक चुनाव जितिसकेकाले काठमाडौँमा आफ्नो उम्मेदवारी सहज अवस्थामा रहेको उनको भनाइ छ। तर काठमाडौँ कि सर्लाही भन्ने विषय टुंगो नलागेसम्म अन्य दलहरूले समेत उम्मेदवार चयन गर्न नसकेको उनको भनाइ छ।

‘मैले यसअघि ३ पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो,’ थापाको भनाइ छ, ‘मेरो उम्मेदवारी काठमाडौँ कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन। म काठमाडौँ नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो।’

काठमाडौँका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्दै थापाले आफू पहिले नै मधेस जान चाहेको उल्लेख गरे। ‘म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, अहिले मात्रै आँट गरेको हुँ,’ उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad