राजनीति


उजुरी छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिने

उजुरी छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिने

उम्मेदवारी दर्ताको दिनको तस्बिर। धनुषा-३ मा उम्मेदवारी दर्ताका क्रममा रास्वपा प्रवक्ता मनीष झा।


नेपालखबर
माघ ८, २०८२ बिहिबार ५:३२, काठमाडौँ

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गरिनेछ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।

यसअघि हिजो माघ ७ गते बुधबार उम्मेदवारको विरोधमा उजुरीका लागि समय दिइएको थियो। 

यसपछि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad