राजनीति


काठमाडौंमा सडक तथा यातायात सुधारका लागि मन्त्री नेम्वाङलाई गगनका चार सुझाव

काठमाडौंमा सडक तथा यातायात सुधारका लागि मन्त्री नेम्वाङलाई गगनका चार सुझाव

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ३:२८,

काठमाडौं उपत्यकाका सडक तथा यातायात सुधारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई आगामी बजेटमा समेटिनुपर्ने विषय प्रस्तुत गर्दै चार सुझाव दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले उपत्यकाको सडक पूर्वाधार तथा यातायात व्यवस्थाका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नीति तथा कार्यक्रममा समेटिनुपर्ने चार विषय उल्लेख गर्दै मन्त्री नेम्वाङका नाममा खुलापत्र लेखेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक उनको पत्रमा काठमाडौं उपत्यकाका सन्दर्भमा- १. यातायात प्रणालीको गुरुयोजना २. फुटपाथ निर्माण तथा विस्तार आयोजना ३. सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन ४. सवारी प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसँग साझेदारी आगामी बजेटमा समेट्न अनुराेध गरिएकाे छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad