राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार नागार्जुनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्। उनी यो क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन्।
२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी केही महिना युवा तथा खेलकुदमन्त्री पनि भएका थिए।
33
Shares

प्रतिक्रिया