आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ। मनोनयन दर्ताको अन्तिम दिन सोमबारसम्म कांग्रेसले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १५६ क्षेत्रमा उम्मेदवार तय गरेको हो। बाँकी ९ निर्वाचन क्षेत्रमा भने आकांक्षीहरूको व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलन मिलाउन सकस हुँदा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको कांग्रेस स्रोतले जनाएको छ ।
राजधानीका मुख्य क्षेत्र अझै रिक्त
नेपाली कांग्रेसले काठमाडौंका १० मध्ये ४ वटा महत्वपूर्ण क्षेत्रमा उम्मेदवारको नाम अझै सार्वजनिक गरेको छैन। काठमाडौं क्षेत्र नं. १, २, ३ र ७ मा उम्मेदवार तय हुन बाँकी छ। यस्तै, भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि टिकटको छिनाझपटी कायमै रहँदा उम्मेदवारको नाम सार्वजनिक हुन नसकेको हो।
पार्टी पदाधिकारी र संसदीय बोर्डको बैठकले उम्मेदवारको नाम अन्तिम टुंगो लगाउन गृहकार्य गरिरहेको छ। मनोनयनको समयसीमाभित्रै ती क्षेत्रमा पनि आधिकारिक उम्मेदवार पठाउने कांग्रेसको तयारी छ ।
मुख्य उम्मेदवार
बागमती प्रदेशतर्फ नुवाकोट–१ मा डा. प्रकाशशरण महत, काठमाडौं–५ मा प्रदीप पौडेल र ललितपुर–१ मा उदयशम्शेर राणा चुनावी मैदानमा उत्रिएका छन् । गण्डकीमा तनहुँ–२ बाट शंकर भण्डारी र स्याङ्जा–२ बाट भागवतप्रकाश मल्ल उम्मेदवार बनेका छन्। लुम्बिनीमा विनोद चौधरी परासी–१०, डा.चन्द्र भण्डारी गुल्मी–१० र डा.गोविन्दराज पोखरेल (प्यूठान) कांग्रेसका मुख्य उम्मेदवार हुन् ।
उम्मेदवारहरूको संक्षिप्त सूची
| प्रदेश | मुख्य निर्वाचन क्षेत्र र उम्मेदवार |
| कोशी | भेषराज आचार्य (इलाम-२), केशवराज पाण्डे (झापा-१), डा. सुनिल शर्मा (मोरङ-३), विजयकुमार गच्छदार (सुनसरी-३) |
| मधेश | तेजुलाल चौधरी (सप्तरी-४), महेन्द्र यादव (धनुषा-४), विमलेन्द्र निधि (धनुषा-३), फरमुल्लाह मन्सुर (बारा-३) |
| बागमती | अजयबाबु शिवाकोटी (दोलखा), डा. प्रकाशशरण महत (नुवाकोट-१), डिना उपाध्याय (मकवानपुर-१), प्रदीप पौडेल (काठमाडौं-५) |
| गण्डकी | गोविन्द भट्टराई (तनहुँ-१), अर्जुनप्रसाद जोशी (पर्वत), टेकबहादुर गुरूङ (मनाङ) |
| लुम्बिनी | विनोदकुमार चौधरी (परासी-१), चन्द्रकान्त भण्डारी (गुल्मी-१), दीपक गिरी (दाङ-३), सञ्जयकुमार गौतम (बर्दिया-१) |
| कर्णाली | नारायण कोइराला (सुर्खेत-२), दिक्पालकुमार शाही (दैलेख-२), राजु केसी (रुकुम पश्चिम) |
| सुदूरपश्चिम | चतुरबहादुर चन्द (बैतडी), नैनसिंह महर (डडेल्धुरा), एनपी साउद (कञ्चनपुर-२) |
कांग्रेसले यसपटक केही पुराना अनुहारलाई दोहोर्याएको छ भने केही नयाँ युवा उम्मेदवारहरूलाई पनि अवसर दिएको छ। बाँकी रहेका ९ क्षेत्रमा पनि आजै साँझसम्ममा नाम सार्वजनिक गरिने पार्टी मुख्यालय सानेपाले जनाएको छ।
Shares

प्रतिक्रिया