राजनीति


काेराेना: आज संघीय संसदका सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिँदै

काेराेना: आज संघीय संसदका सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिँदै

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १:१५,

शुक्रबार संघीय संसदको बर्खे अधिवेशन सुरु हुने भएकाले त्यसअघि बिहीबार कोरोना भाइरस छ कि छैन भनेर सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिँदै छ।

संसदका सबै सांसदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

अधिवेशनका लागि ३ सय ३४ जना सांसदलाई अलग अलग बस्नेगरी कुर्सीको व्यवस्था मिलाइएको छ। सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न नपाइने संसद सचिवालयले जनाएको छ।

दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ।

प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ। माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ।

दुवै सदनमा रहेका २-२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ । प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ।

त्यसैगरी सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad