समाज


ब्राजिलमा कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १:६,

ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय जनाको मृत्यु भएको छ। यसैगरी त्यहाँ अहिलेसम्म १ लाख २५ हजार मानिस संक्रमित भइसकेका छन्।

स्थिति भयावह भएको भन्दै ब्राजिलका स्वास्थ्यमन्त्रीले अब सरकारले सबैभन्दा बढी प्रभावित सहरमा लकडाउन घोषणा गर्न आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad