छापा खबर


काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरिँदै

काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरिँदै

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १:४२,

कोभिड-१९ महामारीको संक्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बुधबार नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।

बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्ने र नाकामा सुरक्षाकर्मी थप्ने तयारी गरिएको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

यसअघि काठमाडौंँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले नागढुङ्गा नाकाको निरीक्षण गरी उपत्यका प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नाकामा कडाइ गरी उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो बनाउँदा खासै फरक नपर्ने बताउँछन्। उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो हुने बित्तिकै राहतको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ।

मङ्गलबार काठमाडौँ महानगरका प्रमुख शाक्यसहित ललितपुर, भक्तपुर र ठिमीका प्रमुखहरूको भेलाले नाकामा कडाइ गरी आन्तरिक बन्दाबन्दी खुकुलो बनाउन सुझाव दिएको थियो। उपत्यकासँग जोडिएका नागढुङ्गा, फर्पिङ र साँगा जगाते मुख्य नाका हुन्।

त्यसका अतिरिक्त मुड्खु, टोखा, साँखु जरसिंहपौवा, रामकोट, ललितपुरको लुभु र लेले, चन्द्रागिरी लगायत अन्य नाकामा समेत थप सुरक्षाकर्मी परिचालन गरी कडाइ गर्नुपर्ने हुन्छ।

नागढुङ्गा, मुड्खु र जगातेमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ। त्यस्तै, अन्य नाकामा महानगरीय प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी एकै साथ परिचालन गर्ने तयारी भइरहेको छ। महानगरीय प्रहरी प्रमुख पोखरेलले पासबिना नै काठमाडौँ भित्रिँदै गरेका निजी सवारी साधनहरू फिर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad