राजनीति


देउवा छुटे, अन्य ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

देउवा छुटे, अन्य ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

नेपालखबर
माघ ६, २०८२ मंगलबार १२:४३, काठमाडौँ

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन्। 

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन्।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा-५, नेकपाका संयोजक दाहाल गोरखा-२, सहसंयोजक नेपाल रौतहट-१ बाट निर्वाचित भएका थिए निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक प्रचण्डलाई सहयोग गरेका थिए।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन्। पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिर हुने भएका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad