नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुर क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई उम्मेदवार बनाएको छ।
सोमबार पार्टीका सहसंयोजक माधवकुमार नेपालले सापकोटालाई उम्मेदवारको टिकट दिएका हुन्। नेकपा समाजवादी पार्टीसँग एकता गर्नुअघि नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीयलका इन्चार्ज रहेका सापकोटा नेकपाका केन्द्रीय सदस्य हुन्।
लामो समय युवाहरूको नेतृत्व गरेका उनी पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्। सानै उमेरमा जनयुद्धमा होमिएका सापकोटा पछिल्लो समय पार्टी संयोजकको सचिवालयमा रहेर काम गरिरहेका थिए।
भक्तपुर–२ मा नेकपा (एमाले) का सचिव महेश बस्नेतको उम्मेदवारी तय भएको छ। सो क्षेत्रमा गएको २०७९ को निर्वाचनमा बस्नेतलाई नेपाली कांग्रेसका दुर्लभ थापाले पराजित गरेका थिए।
540
Shares

प्रतिक्रिया