आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट ५ राजनीतिक दलबाट ३७ जना नेताहरुको नाम समानुपातिकको बन्दसूचीमा छ। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा ५ दलबाट ३७ जनाको नाम विभिन्न क्षेत्रमा समावेश गरिएको छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसबाट ९, नेकपा एमालबाट ६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ९ जना नेता समानुपातिक उम्मेदवार बनेका छन्।
नेपाली कांग्रेसको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवारहरुमा ताराबहादुर लामा (पुरुष) हुम्ला (पिछडिएको क्षेत्र), सरस्वती श्रेष्ठ (महिला) दैलेख, मानबहादुर नेपाली (पुरुष) रुकुमपश्चिम, भिम बहादुर विश्वकर्मा (तिरुवा) (पुरुष) मुगु (पिछडिएको क्षेत्र) र हजारी नेपाली (महिला) जाजरकोट (पिछडिएको क्षेत्र) बाट समेटिएका छन्।
कालिबहादुर सहकारी (पुरुष) कालिकोट, पार्वतीकुमारी गिरी (महिला) सुर्खेत र नबिना केसी (महिला) जुम्ला, रमादेवी न्यौपाने (महिला) डोल्पाबाट बन्दसूचिमा परेका छन्।
यस्तै, नेकपा एमालेको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवारहरुमा यसोदाकुमारी बराल (महिला) खसआर्य) कालिकोट, सत्यदेवी खड्का (महिला-खसआर्य) दैलेख, गोरखबहादुर बोगटी (पुरुष-खसआर्य) हुम्ला, लालबहादुर महतारा (पुरुष-खसआर्य) जाजरकोट, दुर्गबहादुर शाही (पुरुष-खसआर्य) कालिकोट र सोनाम छिरिङ लामा (आदिबासी) मुगु रहेका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गंगा खड्का बोगटी–कालिकोट, रमेश कुमार आचार्य-सुर्खेत, कृष्णबहादुर बुढा-जाजरकोट, तिर्थबहादुर बुढा-जुम्ला, चिन्तामणी आचार्य-कालिकोट, झक्कुप्रसाद घर्ती-रुकुमपश्चिम, पार्वती विक-जाजरकोट र शारदा दमै—सल्यानबाट बन्दसूचिमा समावेश भएका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कर्णालीका ९ जना जना नेताहरु बन्दसूचीमा परेका छन्। खसआर्यतर्फ कालिकोटका दीपबहादुर शाही, जुम्लाका जयन्त महत, खसआर्य महिलातर्फ जुम्लाकी कमलाकुमारी बोहारा (पिछडीएको क्षेत्र), खसआर्य महिलातर्फ सल्यानकी शिला बुढाथोकी दैलखकी पुजा श्रेष्ठ (थापा) छन्।
दलिततर्फ जुम्लाका बलबहादुर बस्याल र बिपना नेपाली (पिछडिएको क्षेत्र), सुर्खेतकी चन्द्रकला नेपाली र रुकुमपश्चिमकी सेती घर्ती विक बन्दसूचीमा छन्।
यस्तै, आयोगले सार्वजनिक बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णालीका पाँच जनाको नाम समावेश भएका छन्। रास्वपाको बन्दसूचीमा जेनजी घाइते दैलेखका प्रकाशबहादुर बोहोरा, कालिकोटका पवन शाही, रुकुमपश्चिमका प्रेमबहादुर बोहोरा र सुर्खेतका हिरालाल बादी र सीता बादीको नाम समावेश छ।

प्रतिक्रिया